सरकारले डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

सरकारले डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

काठमाडौं। सरकारले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणको लागि डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले भोलि शुक्रवार सिंहदरवार परिषर भित्र खोज र नष्टगर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्वा गुरुङले जानकारी दिए।

पछिल्ला दिनमा राजधानी लगायत विभिन्न जिल्लाहरुमा डेंगुको सक्रमण बढ्दो छ।