रसुवा। गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ। लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन्।
हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका-३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताए।
चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिए। हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताए।