बालुवाटार बैठक : विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै महन्थ र रञ्जितासँग सोधियो स्पष्टिकरण

बालुवाटार बैठक : विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै महन्थ र रञ्जितासँग सोधियो स्पष्टिकरण

काठमाडौं । विपक्षी दलको बैठकमा सहभागी भएकोभन्दै सत्ता गठबन्धनको बैठकमा दुईनेतसँग स्पष्टिकरण सोधिएको छ । 

बुधबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीसँग स्पष्टिकरणसोधिएको हो । 

बैठकमा सहभागी एक नेताका अनुसार, ठाकुरले आफूलाई झुक्याएर बैठकमा बोलाएको बताएका छन् । रञ्जिताले भने आफू पुग्दा बैठक सकिएको बताएकी थिइन् ।

कात्तिक २ गते बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो । त्यस बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको लगायतका विषयमा छलफल भएको थियो ।