काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले १३औं दक्षिण एसियाली फुटबल सागमा स्वर्ण जित्ने टिमका प्रत्येक खेलाडीलाई नगद ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।
एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले घरेलु भूमिमा स्वर्ण जित्ने खेलाडीलाई नगदबाट सम्मान गर्ने निर्णय गरेको हो । सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाल यू२३ टिमले फाइनलमा भुटान यू२३ लाई २-१ ले पारजित गर्दै लगातार दोस्रो पटक नेपाललाई स्वर्ण दिलाएको थियो । यस्तै १३औं सागमै महिला फुटबलमा रजत जितेको महिला टिमका खेलाडी नगद १ लाख ५० हजारका दरले सम्मान गरिने भएको छ ।
यस्तै बी डिभिजन लिगको विजेतालाई १५ लाख दिने र सहभागी सबै क्लबलाई १० लाखका दरले प्रदान गरिने समेत एन्फाले निर्णय गरेको छ । यसैगरी सी डिभिजनमा सहभागी टिमलाई ७ लाख प्रदान गरिने भएको छ । यसैगरी महिला लिग फुटबलको विजेतालाई नगद १५ लाख प्रदान गर्ने निर्णय समेत भएको छ ।