भिस्तारा एयरको विमानमा बम नरहेको पुष्टि

भिस्तारा एयरको विमानमा बम नरहेको पुष्टि

काठमाडौं। दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत साबित भएको छ। विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो।  

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो। विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए । विमानमा बम रहेको सूचना ह्वाटएपमार्फत आएको बताइएको छ। विमानमा बम नरहेको पुष्टि भएपछि विमानस्थल पुनः सुचारु गरिएको छ।