रविको पक्राउविरुद्ध काठमाडौँमा रास्वपाको विरोध प्रदर्शन

रविको पक्राउविरुद्ध काठमाडौँमा रास्वपाको विरोध प्रदर्शन

काठमाडौँ । पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन भएको छ। रास्वपाले काठमाडौँको माइतीघर मण्डलामा शनिबार दिउँसो विरोध प्रदर्शन आयोजना गरेको हो।

राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि भन्दै रास्वपाले साथ दिन सबैमा अपिल गरेको थियो।माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वर आएर कोणसभामा परिणत हुनेछ। त्यहाँ रास्वपाका नेताहरुले सम्बोधन गर्नेछन्।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय  देउ’, ‘भाट–भुटानी सरकार मुर्दावाद’, ‘दुई तिहाइ तिम्रो पाराले दुःख पाए साराले’ लगायतका नारा लगाएका थिए।

छुटाउनुभयो कि ?