लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने

लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै विहान ३ बजे पोखरा पुर्‍याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ।

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ।