बालिका वेश्यावृत्तिमा लगाउने गेस्ट  हाउसका मालिक पक्राउ

बालिका वेश्यावृत्तिमा लगाउने गेस्ट  हाउसका मालिक पक्राउ

काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका मालिक पक्राउ परेका छन् ।

निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए ।

गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई वेश्यावृत्तिमा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार तामाङले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने एकजना ग्राहकबाट २ हजारदेखि ६ हजारसम्म लिने गरेका थिए ।