प्रतिपक्षी दलको बैठकमा सत्तारूढ लोसपा अध्यक्ष ठाकुर पनि सहभागी

प्रतिपक्षी दलको बैठकमा सत्तारूढ लोसपा अध्यक्ष ठाकुर पनि सहभागी

काठमाडौँ । प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ । तर, लोसपाका नेताहरु ठाकुर विपक्षी दलको बैठकमा किन गए भन्नेमा अनविज्ञ देखिए । लोसपाका एक नेताले भने, ‘उहाँ पीए पनि नलिइकन बैठक जानु भएको खबर छ । किन जानु भयो फर्किएपछि थाहा होला !’

प्रचण्डको सचिवालयका सदस्य नरेन्द्र केसीले आज बसिरहेको बैठक विपक्षी दलकै भएको बताए । तर, ठाकुरको सहभागिताबारे आफूलाई थाहा नभएको उनको भनाइ छ । 

लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरतसिंह भण्डारी मन्त्री छन् ।