विपक्षी दलहरूको बैठक सुरु

विपक्षी दलहरूको बैठक सुरु

काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन् ।

यस्तै रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु बैठकमा छन् ।