बेलिब्रीजले जोडियो खुर्कोट मन्थली

बेलिब्रीजले जोडियो खुर्कोट मन्थली

सिन्धुली। बेलिब्रीजले खुर्कोट र रामेछाप जोडिएको छ। खुर्कोट र रामेछाप जोड्ने गरी सुनकोसी नदिमा माथि निर्माण भएको पुल सुनकोसीको बाढीले बगाएपछि टुटेको सडक सम्बन्ध बेलिब्रीजले फेरि जोडेको छ।

गत असोज ११ र १२ गते सुनकोसीमा आएको बाढीले करिब १० बर्स अगाडि बनेको खुर्कोट मन्थली सडक खण्डको पक्की पुलको रामेछाप तर्फको भाग बगाएको थियो। पुल बगाएपछि रामेछाप सिन्धुली आवतजावतमा समस्या भएपछि नेपाली सेनाले असोज २१ गतेबाट बेलिब्रीज निर्माणको काम गरिरहेको छ।

बेलिब्रीजले खुर्कोट मन्थली सडक जोड्ने काम भएको छ तर अरू थप केही काम बाँकी छ, नम्बर १४ बाहिनी अड्डा काठमाडौँबाट खटिएका नेपाली सेनाका फिल्ड कमान्डर प्रमुख सेनानी कर्णेल नारायण तुम्बाहाम्फेले बताए।

सुनकोसीले बगाएर आधा बाकी रहेको पक्की पुलमाथिबाट १८० फिट लामो बेलिब्रीज जडान गरी रामेछाप तर्फ जोडिएको उनको भनाइ छ। बेलिब्रीजलाइ सुरक्षित तबले रामेछाप तर्फ टेकाउने काम भएको छ। तर थप काम बाँकी छ करिब २ फिट जति र्याम जोड्ने काम बाँकी छ, रामेछाप तर्फ भत्किएको सडक बनाउने काम सडक विभागले गरिरहेको छ।

बेलिब्रीज निर्माणको काम ९० प्रतिशत पूरा भइसकेकाले केही दिन भित्रै बेलिब्रीज जडानको काम सम्पन्न गरी सवारी सञ्चालन गर्न सकिने गरी तयारी भएको सेनाले जनाएको छ।

गत असोज ११ र १२ गते आएको अविरल बर्षासँगैको बाढीले सुनकोसी नदी माथिको पक्की पुलको रामेछाप तर्फ बनाएपछि खुर्कोट मन्थली सडक खण्ड अवरुद्ध भएको थियो।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोसी नदीको पुल बगाएपछि नेपाली सेनाले तत्कालै बेलिब्रिज निर्माणको काम थालेको थियो।

नेपाली सेनाको १४ बाहिनी अड्डा एरर्पोर्टको पुल महाशाखाले बेलिब्रिज निर्माणको काम गरिरहेको छ भने सडक निर्माणको काम सडक विभागले गरेको छ। करिब १ सय मिटर लामो पुलको रामेछाप तर्फको स्पान सुनकोसीको बाढीले बगाएपछि बेलिब्रीज निर्माण गरिएको हो।