रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पार्टीको सक्रिय राजनीति गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् । 

उनको राजीनामा स्वीकृत भइसकेको पार्टी अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाले जानकारी दिए ।  देवकोटाका अनुसार न्यौपानेले करिब एक महिना अघिनै पदबाट राजीनामा दिएका हुन् । 

‘पार्टीको एक्टिभ राजनीति गर्छु भन्नुभयो । उहाँ युवा तथा उमेर भएको व्यक्ति भएकाले पनि उहाँलाई खुसीसाथ हामीले राजीनामा स्वीकृत गरेर मार्ग दिएका हौँ‚’ देवकोटाले भने ।  न्यौपाने कानुन व्यवसायी हुन् ।

देवकोटाका अनुसार अनुशासन आयोगबाट राजीनामा दिएको ६ महिना कुलिङ पिरियड रहन्छ ।त्यसपश्चात् मात्र न्यौपाने पार्टी राजनीतिमा सक्रिय हुन पाउँछन्।