ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँमा ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिँदा ८ वर्षीय सविन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि घाइते भएका बालकको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।  ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप  अनुसन्धान गरिरहेको छ।