मन्थलीस्थित बागमती नदीको किनारमा ३ वटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका

मन्थलीस्थित बागमती नदीको किनारमा ३ वटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीस्थित बागमती नदीको किनारमा ३ वटा शव भेटिएको छ ।

स्थानीयले माछा मार्ने क्रममा शव देखेपछि गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलाई खबर गरेका थिए । त्यहाँ दुई पुरुष र एकजना महिलाको शव रहेको लामिछानेले बताए ।

शवबारे आफूहरूलाई जानकारी आएको र परीक्षणका लागि काठमाडौं कसरी लैजाने भन्ने विषयमा गृहमन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका सीडीण तीर्थराज चिलुवालले बताए ।

बागमती किनारमा भेटिएका ती शव काठमाडौं उपत्यकाबाट बाढीले बगेर आएको हुनसक्ने उनको भनाइ छ ।