बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत, के-के छन् सरकारका अन्य निर्णय ?

बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत, के-के छन् सरकारका अन्य निर्णय ?

काठमाडौं । गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणलीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बसेको बैठकबाट सात दिनभित्र लाभग्राही पहिचान गर्ने निर्णय गरिएको छ । पीडितलाई तीन दिनभित्र पहिलो किस्ता राहत रकम वितरण गर्ने निर्णय पनि गरिएको छ ।

मनसुनजन्य विपद्का कारण बाढी र पहिरो आएर राजमार्गहरूमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पठाउने निर्णय गरिएको छ । अवरुद्ध सड्क सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 

गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले खोज तथा पुनर्स्थापना लागि रेडक्रस र अन्य साझेदार संस्थाहरूबाट सहायता परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित महामारी आकलन गरेर महामारी फैलन नदिने गरी स्वास्थ्य मन्त्रालयले जनचेतना फैलाउने निर्णय गरेको छ ।