प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध ६ वटा उजुरी, आजबाट समितिमा छलफल

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध ६ वटा उजुरी, आजबाट समितिमा छलफल

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ।  गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। 

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजरी आह्वान गरेकोमा तोकिएको १० दिन (हिजोसम्म) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एकजना कर्मचारीले जानकारी दिए। 

असोज ३ को समितिको बैठकले प्रधानन्याधीशमा सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो।समितिमा प्राप्त आठ उजुरीमध्ये ६ वटा प्रधानन्यायाधीश विरुद्धका छन्। दुईवटा उजुरी राजदूतविरुद्ध परेको समिति सचिवालयले जनाएको छ। 

प्रस्थावित प्रधानन्यायाधीश र राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको छ।