झ्याप्ले खोलाको पहिरो हटाए पनि जामले सवारी साधन चल्न सकेनन्

झ्याप्ले खोलाको पहिरो हटाए पनि जामले सवारी साधन चल्न सकेनन्

धादिङ । आइतबार साँझदेखि सञ्चालमा आएको त्रिभुवन राजपथमा सवारी जाम बढेको छ।  झ्याप्ले खोलाको पहिरोले घण्टौं यातायात आवागमन बन्द हुँदा रोकिएका सयौं सवारी साधनहरू चल्न थालेपछि जाम बढेको हो।

चालकहरूले ट्राफिक नियमको पालना नगर्ने,जथाभावी ओभरटेक गर्दा ट्राफिक जाम बढेको हो।  सवारी जाम खुलाउन ट्राफिक प्रहरी र प्रहरीले प्रयास गरेपनि दुवै तर्फबाट हुने ओभर टेकले गर्दा उनीहरूलाई समेत सास्ती भइरहेको छ । 

चालकहरूले  ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिम समेत बढेको छ।  चाडपर्व नजिकिँदै जाँदा गृहजिल्ला फर्किनेहरूको समेत चाप बढ्ने भएकाले आगामी दिनमा राजमार्गमा सवारी जामको समस्या अरु बढ्ने देखिन्छ ।

झ्याप्ले खोलाको पहिरो पन्छाएपछि अहिले दुई तर्फी नै यातायात सञ्चालनमा आइसकेको छ । झ्याप्ले खोलामा पहिरोले सवारी साधन पुर्दा ३५ यात्रुले ज्यान गुमाएका छन्।