बाढी पहिरो अपडेट : देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

बाढी पहिरो अपडेट : देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर हालसम्म ४९ जनाको मृत्यु भएको छ । उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्र ३२ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार, विपद्का घटनामा परेर हालसम्म ३४ घाइते र ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए ।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । हालसम्म एक हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र विपद्का घटनाबाट १७ घाइते र १२ जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलले आपत्कालीन उद्धारका निम्ति हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।