दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहने

दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा रहने

काठमाडौं। काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ।

साइबर ब्युरोले प्रसाईंलाई म्याद थप गर्न आज अदालतमा उपस्थित गराएको थियो। उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको थियाे।

साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो।

मेडिकल व्यवयायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए। उनी सार्वजनिक ठाउँमा विभिन्न 'अराजक' अभिव्यक्ति दिँदै आएका थिए । यही आधारमा उनीविरुद्ध मुद्दा परेको हो।

युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक जना पुरुषको चरित्रहत्या गरेको आरोप ।