छोराको कुटपिटबाट बुवाको मृत्यु

छोराको कुटपिटबाट बुवाको मृत्यु

सिरहा । सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका-३ खजनपुर टोलकम  ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार  साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए ।कुटपिट लगत‌ै प्रहरी चौकी औरहीबाट गएको टोलीले  छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ।

मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ । पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।