दुर्गा प्रसाईं अस्पतालबाट डिस्चार्ज

दुर्गा प्रसाईं अस्पतालबाट डिस्चार्ज

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। पक्राउ परेकै दिन प्रसाईंको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो। प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।