हेटौँडा–सिस्नेरी–काठमाडौँ सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

हेटौँडा–सिस्नेरी–काठमाडौँ सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

हेटौँडा । दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ ।

असोज ८ गतेदेखि १९ गतेसम्म सडकमा आवागमन बन्द गरी काम गर्न लागिएको हो ।दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो ।

नगर प्रमुख मोहन बस्नेतका अनुसार कालोपत्रे कार्य अगाडि बढाउनका लागि उक्त सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि मिति १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो ।

नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।