१५ औं इक्यान शैक्षिक मेला हुँदै

१५ औं इक्यान शैक्षिक मेला हुँदै

काठमाडाैं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ। इक्यानले असोज १३ गते १५ औं मेला आयोजना गर्न लागेको हो।

मेला विहान १० बजे देखि बेलुका ५ बजेसम्म आयोजना हुने भएकाे छ।। यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सही जानकारी र परामर्श पाउन सकुन् भन्ने अपेक्षासहित मेला आयोजना गर्न लागेको अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।

यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनीतिक नियोगलाईसमेत आग्रह गरिएको छ। यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने अध्यक्ष भट्टराईले जानकारी दिए।

मेलाले विशेषगरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीलाई विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ। यसैगरी, विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन्।

वनअप प्रालिको व्यवस्थापनमा यो मेला सम्पन्न हुँदैछ। यस मेलाको टाइटल स्पोन्सर को रुपमा रियल ड्रिम्स एजुकेशन कन्स्ल्टेन्सी रहेको छ। इन एसोसियसनको को रुपमा भेड इन्टरनेशनल एजुकेशन रहेको छ। मेलाको प्रायोजन केआइसी, अर्बिट इन्टरनेशनल एजुकेशन,नोबल ऐजुकेशन प्रालि, वाइड रेन्ज रहेका छन्।

मेलाको आइएलसटीएस पार्टनर ब्रिटिस काउन्सिल छ। कोभिड-१९ महामारी पछि इक्यानले पहिलो मेला आयोजना गरेको हो। मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएको महासचिव दीपकराज भुषालले जानकारी दिए।

मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्। जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करिअरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा आयोजकले गरेको छ। शैक्षिक परामर्शदाताको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरू बुक भइसकेको छन्।