पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् । उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।