दुर्गा प्रसाईँलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईँलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा आज पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अदालतमा पेश गरिएको हो ।

प्रसाईँ पक्राउ परेसँगै उनका समर्थकहरुले नाराबाजी गरेका थिए। प्रहरीले प्रसाईँका केही समर्थकहरुलाई पनि पक्राउ गरेको बताइएको छ।