२०८४ मा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउनुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

२०८४ मा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउनुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताएका छन्।

शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताइन्। उनले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गरिन्। उनले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताइन्।

उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताइन्। आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह पनि गरिन्।

उनले भनिन्,‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ। बामआन्दोलनको तर्फबाट पनि हो। सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ। नेकपा एमालले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो। म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ। पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ। सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन्। मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए । नेतृत्वमा पुग्ने के गर्नुपर्छ मैले भन्नुपर्दैन । मिठो खानको लागि दाल चामल लगायत धेरै कुराहरु मिलाउनुपर्छ । त्यसको लागि एमालले प्रयास गर्नुपर्छ।  नेकपा एमाले मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ। एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ। यस्तो बनाउनुुस्। राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउनुस्। मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो। आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ।’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्।

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यन्वयन प्रक्रियामा रहेको बताइन्। उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगेपनि भनेजस्तो काम नभएको बताइन्।