एमाले-माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल हुँदैनः कांग्रेस नेता सिटौला

एमाले-माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल हुँदैनः कांग्रेस नेता सिटौला

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले एमाले–माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल नहुने बताएका छन् ।


आज (शनिबार) कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एमाले–माओवादीलाई बाटो देखाउन सक्दामात्रै देश सफल हुने बताएका हुन् ।

‘म के भ्रममा छैन भने, चाहे माओवादीसँग हाम्रो सहकार्य हुँदाको अवस्था होस्, चाहे एमालेसँगको सहकार्यको अवस्थामा होस्, उनीहरुले देखाएको बाटोमा हिँडेर नेपाल सफल हुन्छ भन्ने मलाई चाहीँ किमार्थ विश्वास छैन । हामीले देखाएको बाटोमा उहाँहरु डिँड्नुभयो भने नेपाल सफल हुन्छ,’– उनले भने ।

नेता सिटौलाले एमाले–माओवादीलाई बाटो देखाउने गरी कांग्रेसले रणनीति तयार गर्नुपर्ने बताए । संविधान संशोधन, देशको आर्थिक प्रगति र वैदेशिक सम्बन्धको क्षेत्रमा कांग्रेसले देखाएको बाटोमै देश हिड्न आवश्यक रहेको उनले बताए ।