कांग्रेस-एमाले मिलेर सरकार बनेपछि जनता खुसी छन्ः सभापति देउवा

कांग्रेस-एमाले मिलेर सरकार बनेपछि जनता खुसी छन्ः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर सरकार बनेपछि जनतामा खुसी छाएको बताएका छन्। आज (शनिबार) काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा जनतामा खुसी र आनन्द छाएको बताएका हुन्।


‘एमाले, कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी हुन्। दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई। तर, प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाएअनुसार त नेपाली जनता खुसी भएका छन्। कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ,’ उनले भने।

साथै, कांग्रेसले कामै गर्दैन भन्ने भाष्य रहेको बताउँदै उनले विचार पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। कांग्रेसले काम गर्दैन, बढी गफ गर्छ भन्ने जनतामा भ्रम रहेको स्मरण गराउँदै उनले ‘अरुले नै खाइदेला नि’ भन्दै सचेत गराए।