भोटेकोशीमा खसेको गाडीका चालकको शव  सिन्धुलीको फिक्कलमा भेटियो

भोटेकोशीमा खसेको गाडीका चालकको शव  सिन्धुलीको फिक्कलमा भेटियो

काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ ।

भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो । उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका–५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।

तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ ।