आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

काठमाडौं। अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउँदै १९९ रन बनाएको थियो।

यो लिग-२ मा अमेरिकाको पाँचौं खेलमा तेस्रो जित हो। यो खेलपछि अमेरिकाको ५ खेलमा ६ अंक रहेको छ र पाँचौं स्थानमा छ। त्यस्तै नामिबियाको भने ९ खेलमा ८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।

अब अमेरिकाले अर्को खेल बुधबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले आगामी शुक्रबार युएईकै सामना गर्ने छ।