पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ।