फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

काठमाडौं। पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ। गएराति सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए। त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए।

यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक हासिल गरको ब्रेस्ट लिगमा १२औं स्थानमा झरेको छ।