क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ

क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ ।  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। गैडाकोट नगरपालिका-४ बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ नगरपालिका-४ बस्ने २० वर्षीय आयुष शर्मा पक्राउ परेका हुन्।

उनीहरूलाई सिआइबीले बुधबार पक्राउ गरेको हो। यसबारे शुक्रबार मात्रै सार्वजनिक गरेको हो। रिमाललाई ठमेलबाट र शर्मालाई मनमैजुबाट पक्राउ गरेको थियो। उनीहरू स्टारब्वइ सोलुशन्सका सञ्चालकहरू हुन्। उनीहरूले क्रिप्टोको कारोबार गरेको खुलेपछि प्रहरीले अनुसन्धान गरी पक्राउ गरेको एसपी बोगटीले बताए।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।