अर्घाखाँचीमा १० जना सवार जिप दुर्घटना

अर्घाखाँचीमा  १० जना सवार जिप दुर्घटना

काठमाडौँ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । 

दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको डीएसपी राठौरले बताए । छत्रदेव देखी बुटवल जाँदै गरेको जिपमा  १० जना सवार थिए ।