श्रीलंका डेभलपमेण्ट-११ सँग नेपाल ५ विकेटले पराजित

श्रीलंका डेभलपमेण्ट-११ सँग नेपाल ५ विकेटले पराजित

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंका डेभलभमेन्ट-११ सँगको अभ्यास खेलमा ५ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अल आउट  हुँदै १५९ रन जोडेको थियो।

१ सय ६० रनको चुनौती पाएको श्रीलंकाले मात्र २६.५ ओभरमा केवल ५ विकेट गुमाएर लक्ष पूरा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाएका थिए।

यसैगरी कुशल मल्लले ३५ रन जोडे भने आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे। नेपाल विरुद्ध श्रीलंका डेभलभमेन्ट-११ का गरुका संकेथाले ४ विकेट लिए।

वर्षाका कारण डेभलभमेन्ट-११ सँग तय भएको पहिलो र दोस्रो अभ्यास खेल टस पनि हुन नसकी रद्द भएको थियो। अब १० दिन पछि क्यानडामा हुने विश्वकप लिग टुको खेलको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा गएको हो।