सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हरायो

सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हरायो

काठमाडौं : युनिसेफको आयोजनामा कीर्तिपुरमा भएको खेलमा सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हराएको छ । ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले विनोदको टिमलाई ६ विकेटले हराएको हो । कीर्तिपुरको त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइए पनि आठ ओभरको खेलमात्र भएको थियो ।

जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको थियो । सचिनको कप्तानीमा रहेको टिमले ६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए । उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए ।

यसका साथै उनलाई समर्थकले छक्का हान्न आग्रह पनि गरेका थिए ।दुवै टिममा स्कुलका बालबालिकाको सहभागिता रहेको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विनोदको टोलीले निर्धा्रित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।