रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित पाठक पेट्रोलपम्पनजिक सडकछेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–२, भन्सार रोडका अन्दाजी २९ वर्षीया कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आइतबार बिहान अन्दाजी १ः१० बजे ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा थापाको शरीरमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार धनगढी–२, भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागेको र अवस्था मध्यम छ । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।