काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशले १–० अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाएको हो ।
बंगलादेशका मिराजुल इस्लामले एटिन यार्ड बक्स बाहिरबाट पाएको फ्रिकिलाई सोझै गोलमा परिणत गरेका थिए ।