मुकुल ढकालको साधारण सदस्यता पनि खोस्ने तयारी

मुकुल ढकालको साधारण सदस्यता पनि खोस्ने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निश्काशित महामन्त्री मुकुल ढकाललाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । भोलि (मंगलबार) बस्ने केन्द्रीय समिति बैठकले मुकुलको साधारण सदस्यता खोस्ने बताइएको छ ।

निश्काशित महामन्त्री ढकाललाई पार्टीले पटक–पटक स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरणको जवाफ दिनुको सट्टा मुकुलले भने प्रत्येक पटक पार्टी सभापति रवि लामिछानेमाथि चूनौति दिने गरेका छन् ।

पछिल्लो पटक उनले पार्टी सभापति लामिछानेलाई दोहोरो नागरिकता, दोहोरो राहदानी र सहकारी ठगीमा दोषी प्रमाणित गर्नसक्ने सम्मको चुनौति दिएका छन् ।

मुकुलले मर्यादाको हद नाघेर जवाफ दिने गरेको भन्दै भोलिको बैठकबाट उनलाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरिएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए ।