धादिङमा माइक्रो बस दुर्घटना : १५ जना घाइते

धादिङमा माइक्रो बस दुर्घटना :   १५ जना घाइते

धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। 

सो माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?