टिकटकको कडाइ हटाइयो, औपचारिक रूपमै खुलाउँदै सरकार

टिकटकको कडाइ हटाइयो, औपचारिक रूपमै खुलाउँदै सरकार

काठमाडौं । छोटा भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध नेपालमा खुकुलो बनाइएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गएको कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको छ । त्यस्तो बुझाइसँगै केही इन्टरनेट सेवाप्रदायकले टिकटक चलाउन मिल्ने बनाइसकेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव लगेर मन्त्रिपरिषद्को बैठकबाट टिकटकमाथिको प्रतिबन्ध हटाइने बताइएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको बताएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।