महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा सुतली बम विष्फोट

महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा सुतली बम विष्फोट

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा सुतली बम बिस्पोट गरिएको छ।

मोटरसाइकलमा आएका दुई जना व्यक्तिले क्याम्पसमा सुतली बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिए।

तिमल्सिनाका अनुसार उक्त घटनामा संलग्न भएको अभियोगमा अभियान थापा र क्याम्पसमै अध्ययनरत सुदन कार्की पक्राउ परेका छन्।उनीहरुको साथबाट सुतली बम जस्तो देखिने वस्तुसमेत फेला परेको छ। क्याम्पसमा शंकास्पद वस्तु फेला परेपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

छुटाउनुभयो कि ?