काठमाडौं : आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । शनिबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैया कायम भएको छ । शनिबार र चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।
चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ । समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने देखिएको छ ।