टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्बाधिक रनको नयाँ कीर्तिमान

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्बाधिक रनको नयाँ कीर्तिमान

काठमाडौं। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ। यो कीर्तिमान टी-२० विश्वकप छनोटमा सामोआ र भानुआटुबीचको खेलमा बनेको हो।

सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी–२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए। यो ओभरमा ३ नो बल पनि परेको थियो। योसँगै टी-२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ।

यसअघिको कीर्तिमान ३६ रनको थियो। भारतका युवराज सिंह, वेस्ट इन्डिजका केरोन पोलार्ड र निकोलस पूरन र नेपालका दीपेन्द्र एरीले एक ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाउने उपलब्धि हासिल गरेका थिए। ब्याट्सम्यानका रुपमा ड्यारियस भिसरले एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बराबरी गरेका छन् तर ३ नो बलका कारण उनले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन् ।

सामोआको राजधानी अपियामा भएको खेलमा सामोआले १० रनले विजयी भएको हो ।