सुख्खा पहिरोले इन्द्रावती नदी थुनियो, सतर्कता अपनाउन प्रशासनको आग्रह

सुख्खा पहिरोले इन्द्रावती नदी थुनियो, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं। सुख्खा पहिरोका कारण सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी थुनिएको छ । पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरो गएको बताइएको छ ।

पहिरोका कारण पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा परेको बताइएको छ । इन्द्रावती थुनिँदा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायतका क्षेत्र जोखिमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले सो क्षेत्र आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।