प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामनासहित रक्षाबन्धन ग्रहण

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामनासहित रक्षाबन्धन ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवसरमा शुभकामना दिएका हुन् । 
जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उनले उल्लेख गरेका छन् । 

यसैबीच प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरूबाट रक्षाबन्धन ग्रहण गरे । प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरूले पनि रक्षाबन्धन ग्रहण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।