सुनसरीको गढीमा टाउको छुट्टिएको अवस्थामा शव फेला

सुनसरीको गढीमा टाउको छुट्टिएको अवस्थामा शव फेला

विराटनगर । सुनसरी गढी गाउँपालिका वडा नम्बर २ थलाहा टोलमा एक जनाको हत्या भएको छ ।

गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।