काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घट्दै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने जुन मूल्य हालसम्मकै उच्च हो ।
यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।