घट्यो अण्डाको मूल्य, कति पुग्यो क्रेटको ?

घट्यो अण्डाको मूल्य, कति पुग्यो क्रेटको ?

काठमाडौँ । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका छन् ।

उनका अनुसार असार अन्तिम सातामा सबैभन्दा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।

यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेको भनाई छ ।

देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको उनले बताए । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको लामिछानेले बताए ।