साउनको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा जे देखियो (तस्बिरहरु)

साउनको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा जे देखियो (तस्बिरहरु)

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको प्रिय महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ । पशुपति क्षेत्रमा कोटीहोम पनि चलिरहेकोले यस वर्षको साउन महिनामा पशुपथिना जाने भक्तजन उल्लेख्य बढेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।